logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • १० अर्ब ७७ करोड ऋण भएको ऋद्धिसिद्धी सिमेन्टको व्यापार साढे ५ अर्ब

    १० अर्ब ७७ करोड ऋण भएको ऋद्धिसिद्धी सिमेन्टको व्यापार साढे ५ अर्ब

    4.1K
    Shares
    १० अर्ब ७७ करोड ऋण भएको ऋद्धिसिद्धी सिमेन्टको व्यापार साढे ५ अर्ब

    काठमाडौँ । प्रतिष्ठित व्यवसायिक घरना शंकर र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित ऋद्धिसिद्धी सिमेन्ट लिमिटेडको व्यापारमा गिरावट आएको छ ।

    उद्योगले एक वर्षमा ५ अर्ब ४९ करोड १० लाख रुपैयाँको मात्र सिमेन्ट व्यापार गरेको छ । सन् २०२२ मा उद्योगले ६ अर्ब ४८ करोड १० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । एक वर्षमा उद्योगको सिमेन्ट कारोबार ९९ करोड रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । पूर्ण क्षमतामा सञ्चालनमा आएको वर्ष ६ अर्ब ३७ करोड रुपैयाँ सिमेन्ट कारोबार गरेको थियो।

     

    सिमेन्टको व्यापार १० प्रतिशत बढ्दा पनि तीव्र प्रतिस्पर्धाले मूल्यमा आएको कमीले गर्दा गिरावट आएको हो । यद्यपि आफ्नै क्लिङकर उत्पादन भएकाले उद्योगले उत्पादन लागतमा लाभ लिएको देखिन्छ । ऋद्धिसिद्धीको मार्जिन २७ प्रतिशत छ ।
    कूल व्यापारमा १० डिलरको २७ प्रतिशत हिस्सा छ । शंकर र अम्बे ग्रुपको एउटा पार्ट भएकाले यही वितरण सञ्जालबाट ऋद्धिसिद्धीले लाभ लिएको छ ।

    सन् २०१३ मा स्थापना भएको उद्योगले २०१९ देखि व्यापारिक रुपमा सिमेन्ट उत्पादन गर्दै आएको हो । २०२१ देखि उद्योगको दुबै प्लान्ट सञ्चालनमा आएका हुन् । ऋद्धिसिद्धीको दैनिक क्लिङकर उत्पादन क्षमता २७ सय ६० टन छ । सिमेन्ट उत्पादन पनि सोही परिणाममा रहेको छ ।

    क्लिङकर उत्पादनको ७० प्रतिशत आफैले सिमेन्ट उत्पादन र बाँकी ३० प्रतिशत अन्य उद्योगहरुलाई बिक्री गर्दै आएको छ। गत वर्ष उद्योगको क्लिङकर बिक्री २६ प्रतिशत घटेको छ । उद्योगसँग अहिले ९ वटा खानी रहेका छन् । सञ्चालनमा ३ वटा खानी रहेको छ । हेटौडामा रहेको उद्योगबाट खानी ३३, ५० र ८७ किलोमिटरको दुरीमा छ ।

    खानीले आगामी दिनमा सञ्चालन क्षमता अझ बढाइ वित्तीय अवस्थामा सुधार ल्याउने उद्योगले जनाएको छ । उद्योगले निर्यातका लागि हालसालै भारत स्ट्यान्डर्ड मापदण्ड(आइएस मार्क) प्राप्त गरी वीरगञ्ज नाका हुँदै भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । उद्योगबाट वीरगञ्जको दुरी ५५ किलोमिटर मात्र भएकाले निकासीबाट ऋद्धिसिद्धीले लाभ लिने देखिएको छ ।

    उद्योगले ओपिसी सिमेन्ट निर्यात सुरु गरिसकेको छ । ऋद्धिसिद्धीले १० अर्ब ७७ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । दीर्घकालिन ऋण ८ अर्ब ४२ करोड ४४ लाख र अल्पकालिन ऋण २ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

    उद्योगले ऋद्धिसिद्धी मकवानपुर गरी दुई ब्राण्डमा पोर्टल्याण्ड स्ल्याग (पिएसी), पोर्टल्याण्ड पोज्जना सिमेन्ट(पिपिसी) र अडिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपिसी) उत्पादन गर्दै आएको छ ।

    अहिले मुलुकमा ५५ सिमेन्ट र २० क्लिङकर उद्योग सञ्चालनमा छन् । मन्दीका कारण बजारमा माग घटेका कारण अधिकाँश उद्योगको व्यापारमा कमी आएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend