logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा एघार गैँडा मरे

    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा एघार गैँडा मरे

    1.2K
    Shares
    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा एघार गैँडा मरे

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन् ।

    मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए ।

    सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा मृत भेटिएको भाले गैँडा बुढो भएर मरेको र अन्दाजी ३० वर्षको सो गैँडाको खाग, खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend