logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • उच्च क्षेत्रमा भारी हिमपात

    उच्च क्षेत्रमा भारी हिमपात

    1.5K
    Shares

    फागुन २४ काठमाडौं: लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।

    यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका–८ खोड्पेका मोहनसिंह ऐरले बताए । लगातारको वर्षा र हिमपातले चिसो बढेको उनले बताए । यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास–९ चौखामकी लक्ष्मीचन्द शाहले जानकारी दिए । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत मुस्किल भएको उनले बताए ।

    चिसोको समयमा स्वासप्रस्वास र निमोनियाजस्ता रोग लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीले बताएका छन् । यो वर्ष हिमपात र वर्षा नरोकिएपछि बेँसी क्षेत्रमा गहुँबालीमा समेत असर परेको छ । बेँसी क्षेत्रमा वर्षाका कारण गहुँबालीमा क्षति पुगेको किसानले बताएका छन् । लगातारको वर्षाको कारण गहुँमा विभिन्न रोग देखा परेका कृषि प्राविधिकले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend