logo

२०८१ जेष्ठ २ बुधबार

logo
  • बुधबार, २ जेष्ठ २०८१
  • ५ लाख घूससहित पक्राउ जीतपुरसिमरा–३ का वडाध्यक्षविरुद्ध मुद्दा

    ५ लाख घूससहित पक्राउ जीतपुरसिमरा–३ का वडाध्यक्षविरुद्ध मुद्दा

    1.2K
    Shares
    ५ लाख घूससहित पक्राउ जीतपुरसिमरा–३ का वडाध्यक्षविरुद्ध मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले रु पाँच लाख घुससहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

    वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले सेवाग्राहीबाट रु पाँच लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    आयोगले वडाध्यक्षकार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० देहाय ९घ० बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजायसमेत हुन माग दाबी लिइ आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend