
काठमाडौँ – नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षबाट चन्द्र रिजाल तीन बर्षको कार्यकाल सकेर बिदाई भएका छन् ।
पर्यटन बोर्डमा १३ वर्षपछि उपाध्यक्ष बन्ने शौभाग्य पाएका रिजाल आफुले बोर्डमा हुँदा असल नियत र इमान्दार ढंगले काम गरेर बिदा भएको बताएका छन् ।
नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै त्यसलाई प्रमाणित गर्नका लागी आफुले अथक प्रयास गरेको बताए । अनेकन अवरोधका बाबजुत आफ्नो कार्यकाल ऐतिहासीक भएको बताएका छन्।
कार्यकारी उपाध्यक्षको भुमिकामा रहँदा रिजालले आफ्नो तीन बर्षे कार्यकालमा नेपालको पर्यटन बिकास र प्रबर्द्धनको लागी र समग्र पर्यटनको निति निर्माण गर्न पर्यटनमा देखिएको समस्या समाधान गर्न उल्लेख्य भूमिका खेलेका थिए।
देशको आवश्यकता अनुसारका निति नियम कोरोना काल जस्तो विषम परिस्थितिमा समेत पर्यटनको बिकासमा उलेख्य खेलेको भुमिका खेलेको भनेर बोर्डमा चर्चा हुने गरेको छ।
बोर्ड छोड्दै गर्दा उनले बोर्ड सदस्य बनाउने तत्कालीन नेपाल सरकार उपाध्यक्ष बनाउने बोर्ड सदस्यहरु, बोर्डका सदस्य सचिव, बोर्डका कर्मचारीहरु संचार माध्यम लगायत सबैलाई धन्यवाद दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend