logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • क्यानडाविरुद्धको दोश्रो खेलमा पनि नेपालको शानदार जित

    क्यानडाविरुद्धको दोश्रो खेलमा पनि नेपालको शानदार जित

    2.8K
    Shares
    क्यानडाविरुद्धको दोश्रो खेलमा पनि नेपालको शानदार जित

    ७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा पनि नेपालले जित हासील गरेको छ।

    कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपाल चार  विकेटले विजय भएको हो।  टस जितेर ब्याटिङ रोजेको क्यानाडाले दिएको २८६ रनको लक्ष्य नेपालले  ४५ ओभरमा भेट्टाउन सफल भएको थियो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले ८७ बनाए । पौडेलले १०० बलमा ८७ रन जोडेर आउट भएका थिए।

    त्यस्तै देव खनाल पनि ८१ बलमा ७६ रन बनाउँदै आउट भएका थिए उनी ३४औं ओभरको पाचौं बलमा हर्ष थक्करको हातबाट आउट हुन पुगे ।

    यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बनेका छन् ।

    त्यस्तै नेपालका लागी भीम सार्की २३ रन र पवन सराफले १४ रन जोड्न सफल भए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend