काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कप २०२४ अन्तर्गत भुटानले नेपाललाई ६६ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाएर ६५ रन जोड्यो।
नेपालका कप्तान इन्दूसहित कविता कुँवर, सीता रानामगर र कविता जोशीले १-१ विकेट लिए।
समूह ‘डी’ मा रहेको नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो।
नेपालले समूहको अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ। समूहका शीर्ष दुई टिम क्वार्टरफाइनलमका पुग्नेछन्।