बेइजिङ– चिनियाँ चिकित्सा वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप आगामी महिनाबाट चिकित्सकीय प्रयोगमा आउने दाबी गरेका छन् ।
चीनको टेलिभिजन सीसीटीभीले जनाएअनुसार वैज्ञानिकहरुले गरिरहेको कोरोना भाइरसविरुद्धको खोपसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको र आगमी महिनाबाट यसलाई प्रयोगमा ल्याउन सकिने छ ।
वैज्ञानिकहरुले विभिन्न पाँच विधिबाट खोपको अनुसन्धान गरिरहेको र अब खोपलाई जनावरमा परीक्षण गर्न बाँकी रहेको जनाइएको छ ।
चीनले विभिन्न ८ कम्पनीलाई ५ फरक फरक विधिबाट खोप विकास गर्न अनुमति दिएको थियो ।चीनबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म करिब ३३ सय जनाको ज्यान गइसकेको छ भने अरु ९७ हजार संक्रमित छन् ।