फागुन २६ काठमाडौं: सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि हत्या प्रयास भएको छ। राजधानी खार्तुममा हामडोक चढेको गाडीलाई लक्षित गरि विष्फोट गराइएको हो।
घटनामा कुनै मानविय क्षति भने नभएको जनाइएको छ। प्रधानमन्त्री सकुशल र सुरक्षित रहेको सुडानको सरकारी मिडियाले जनाएको छ।
कार्यालयमा जाने क्रममा विष्फोट गराइएको हो। उक्त आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन । घटनाको छानविन भैरहेको छ।
हामडोक गत अगस्टदेखि सुडानका अन्तरिम प्रधानमन्त्री बनेका छन्। प्रजातन्त्र पक्षधर आन्दोलनकारीले सैनिक तानाशाह ओमर अल बसिरलाई हटाएका थिए। लामो वार्तापछि सेना र प्रजातन्त्र पक्षधर सत्ता साझेदारी गर्न सहमत भएका थिए। त्यसपछि बनेको सरकारको नेतृत्व हामडोकले गरेका थिए।