logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • महिलालाई भन्दा बढी पुरुषलाई किन लाग्छ कोरोना

    महिलालाई भन्दा बढी पुरुषलाई किन लाग्छ कोरोना

    1.3K
    Shares

    पुरुषको तुलनामा महिला र बालबालिकामा कोरोना भाइरसको असर कम देखिएको छ । मृतकहरुको आंकडामा महिला र बालबालिकाको संख्या कम छ ।चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले यसमाथि अध्ययन गरेको छ । जे जति जानकारी पाइएको छ ती जानकारीहरु सोही अध्ययनबाट प्राप्त भएका हुन् ।

    कोरोना भाइरसबाट संक्रमित ४४ हजार मानिसहरुमा यो अध्ययन गरिएको थियो । जसमध्ये २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको छ ।उमेरको हिसाबले कोरानाको संक्रमणबाट ०.२ प्रतिशत बालबालिका र किशोर–किशोरीको मृत्यु भएको भने ८० वर्ष माथिका १५ प्रतिशत मानिसले ज्यान गुमाएका छन् । अध्ययनका क्रममा देखिएको मृत्युदरले महिला र बालबालिकालाई कोरोना भाइरसको संक्रमण हुने डर न्यून देखाएको छ ।

    कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको संख्या ३ हजार १०० नाघेको जनाइएको छ ।गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६६ भन्दा बढी देशमा फैलिएको छ ।

    यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ ।यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend