logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कुवेतविरुद्ध नेपालले पहीलो फिल्डिङ गर्दै

    कुवेतविरुद्ध नेपालले पहीलो फिल्डिङ गर्दै

    1.1K
    Shares
    कुवेतविरुद्ध नेपालले पहीलो फिल्डिङ गर्दै

    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा कुवेतविरुद्ध फिल्डिङ गरिरहेको छ ।केवेतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गरेको हो । यो खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ ।

    नेपाल समूह डीको विजेता र कुवेत समूह ए को उपविजेताको रुपमा क्वाटरफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्सलाई २१४ रनले हराएको थियो ।

    नेपालको सीता रानामगर, रुविना क्षेत्री र इन्दु बर्मा प्रमुख हतियार हुन् । यी तीनमध्ये एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । कविता कुँवर र आश्मिना कर्माचार्य प्रमुख बलर हुन् ।

    उता कुवेतले समूह चरणमा म्यानमारलाई २७ रन र सिंगापुरलाई १० विकेटले हराएको थियो । थाइल्यान्डसँग ९६ रनले पराजित भएको थियो । कुवेतकी प्रियादा मुराली र जिफा आजीम प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

    २०१९ यता नेपाल र कुवेतबीच चार महिला टी २० आई खेल भएका छन् । नेपाल ३४ रन, २५ रन, ९ विकेट र ३० रनले विजयी भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend