फागुन २६ काठमाडौं: पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसालेलाई क्वारेन्टाइनमा राखिएको छ। कोरोनाभाइरस संक्रमणको आशंकामा सौसालेलाई क्वारेन्टाइनमा राखिएको हो।
राष्ट्रपतिले केही दिनअघि एक विद्यालयका विद्यार्थीहरूसँग भेटघाट गरेका थिए । उक्त विद्यालयका एक विद्यार्थीलाई कोभिड–१९ भाइरसको लक्षण देखिएपछि विद्यालय नै बन्द गरिएको छ ।
सोही भेटघाट कार्यक्रममा सहभागी भएपछि उनलाई क्वारेन्टाइनमा राखिएको हो। आइतवारदेखि क्वारेन्टाइनमा बस्न थालेका राष्ट्रपति सौजा अबको १५ दिन त्यहीँ रहनेछन्।