काठमाडौं । मित्र राष्ट्र कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई पुनर्स्थापित गरेकी छिन् ।
गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापाजको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको ३१.४४ सेकेन्ड समयमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्डको नयाँ रेकर्ड स्थापित गरेकी हुन् ।
जलपरी उपनामले चिनिने गौरिकाको यो दोश्रो राष्ट्रिय कीर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।
यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाइरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान
कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।