logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

    सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

    2.8K
    Shares
    सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

    काठमाडौँ । नेपाल एपीएफ स्कुल कीर्तिपुरको १९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८० आज सम्पन्न भएको छ ।

    आज सम्पन्न भएको फाईनल खेलमा आयोजक नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) लाई पराजीत गरी नेपाल पुलिस स्कुल साँगाले सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी हात पार्न सफल भएको छ ।

    ३०–३० मिनेट गरी ६० मिनेटको समय अवधिमा खेलाइएको उक्त फाईनल खेलमा निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसके पश्चात ट्राईबेकरमा ६–५ गोल अन्तरले नेपाल पुलिस स्कुल साँगा विजयी भई नगद रु तीस हजार रनिङ ट्रफी विजेता ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

    भने उपविजेता नेपाल एपीएफ स्कुल कीर्तिपुरले नगद रु वीस हजार उपविजेता ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । विजयी खेलाडी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । प्रतियोगिता गएको माघ २२ गतेबाट शुरु भई आज फागुन ८ गते सम्म सञ्चालन भएको आयोजकले जनाएको छ ।

    कार्यक्रमको अवसरमा विद्यालयका विद्यार्थीहरुले मार्च पाष्ट, कराँते र तेक्वान्दोको कला प्रदर्शन, मास पिटी तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । आज भएको खेलमा नेपाल पुलीस स्कुल साँगाका खेलाडी दिप्सन परियार म्यान अफ द म्याच र प्रतियोगिता अवधिभरकै सर्वोत्कृष्ट गोलकिपर समेत बन्न सफल भएका थिए ।

    यसैगरी विधागत रुपमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नेपाल एपीएफ स्कुल कीर्तिपुरका टेन्जिङ शेर्पा, सर्वाधिक गोलकर्ता सैनिक आवासीय महाविद्यालयका डिगविजय शाही, अनुशासित टिम सैनिक आवासीय महाविद्यालय सल्लाघारी बन्न सफल भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलाडी तथा बिद्यार्थीहरुको हौसलाका लागि सशस्त्र प्रहरीले बिभिन्न खेलहरुको आयोजना गर्दै आएको र भाबी दिनमा समेत यस्ता खेलहरुको आयोजना गरिने बताउनुभयो ।

    सोही अवसरमा विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने विद्यालय समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईले खेल प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    यसैगरी मानवश्रोत विभाग प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले प्रमुख अतिथी, विशेष अतिथी तथा उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्धारा प्रमुख अतिथीलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend