फागुन २८ काठमाडौं: पुर्व सुचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्फोट भएको छ । आज विहान ७ः३० मा पुर्वमन्त्री बास्कोटाको मनहरा फाँटस्थित घरमा कुकर बम बिस्फोट भएको हो ।
बास्कोटाले आफुँ नयाँ घरमा सर्ने तयारी गरिरहँदा घटना भएको बताएका छन्। घटनापछि सुनौलो नेपालले बास्कोटा संग फोनमार्फत कुरा गर्दा उनले यस्तो बताएका हुन्। घर निर्माण अन्तिम चरणमा पुगेको र केहि महिनामै आफुँ नयाँ घरमा सर्ने योजनामा रहेको उनले बताए।
विस्फोटबाट बास्कोटाको घरमा बन्दै गरेको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । ठूलो आवाजसहित भएको बिस्फोटबाट छिमेकीको घरका झ्यालका सिसामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै, विस्फोटस्थल नजिकै रहेको कारमा समेत क्षतिपुगेको जनाइएको छ ।
बम विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले लिएको छ। सरकारका प्रवक्ताको हैसियतमा रहेर पदको दुरुपयोग गर्दै राष्ट्र दोहन गरेकाले आफुहरुले सतर्क गराउन चेतावनी स्वरूप बम विस्फोट गराएको नेकपाले जनाएको छ।
प्रहरीले बिस्फोटका योजनाकार देव बहादुर गुुरुङलाई पक्राउ गरेको छ । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।