logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रिय युवासंघ नेपालको आयोजनामा केपी ओली कप फुटबल शुरु हुँदै, विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने

    राष्ट्रिय युवासंघ नेपालको आयोजनामा केपी ओली कप फुटबल शुरु हुँदै, विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने

    1.5K
    Shares
    राष्ट्रिय युवासंघ नेपालको आयोजनामा केपी ओली कप फुटबल शुरु हुँदै, विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने

    काठमाडौँ । राष्ट्रिय युवासंघ नेपालको आयोजनामा केपी ओली कप फुटबल आज केही बेरपछि शुरु हुँने भएको छ । एन्फा कमप्लेक्स सातदोबाटोमा हुने उक्त फुटबल प्रतियोगिता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने छ ।

    उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार सहभागी हुने कार्यक्रमतय भएको छ । खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

    नेपालका सात टिममा जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउनेछन् । सेमिफाइनल र फाइनल खेलबाहेक सबै खेल एन्फा सातदोबाटोमा हुने जनाइएको छ ।

    १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता भने दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने भएको छ । विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०÷५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend