logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य

    मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य

    1.2K
    Shares
    मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।

    सोमबार सार्वजनिक सूचीअनुसार १ सय १२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा जलविद्युत समूहका कम्पनी रहेका छन् ।

    यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ वटा र ४० वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य भएका छन् । यता, जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी लिमिटेड,

    शिवम् सिमेन्ट्स लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend