काठमाण्डौ, १६ फागुन । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् ।
खेल किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
हिजोको खेलमा नामिबियाले २ सय ७ रनको लक्ष्य दिएको थियो । नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सफल भयो । टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो ।