logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल गुमाउने

    सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल गुमाउने

    25.1K
    Shares
    सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल गुमाउने

    काठमाडौँ ।  नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महसंघ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

    साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ । जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन् ।

    यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

    उक्त चार खेलमा उनको गोल सङ्ख्या नौ रहेको छ । साम्बा फ्रेन्च लिग खेल्ने साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ । उक्त प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend