३० फागुन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ ।
अस्पताल भर्ना भएको १० औ दिनमा ओलीलाई डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए । १९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । भान्जी भने यस अगाडी नै अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।
डिस्चार्ज हुन् लागेका प्रधानमन्त्रीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।