logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • वाफ च्याम्पियनसिप : उपाधिका लागि जोर्डनसँग भिड्दै नेपाल, ‘साम्बा’ भने अनुपस्थित रहने

    वाफ च्याम्पियनसिप : उपाधिका लागि जोर्डनसँग भिड्दै नेपाल, ‘साम्बा’ भने अनुपस्थित रहने

    27.5K
    Shares
    वाफ च्याम्पियनसिप : उपाधिका लागि जोर्डनसँग भिड्दै नेपाल, ‘साम्बा’ भने अनुपस्थित रहने

    काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ ।

    साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेलमा आज बिहीबार नेपालले जोर्डनको सामना गर्दै छ ।

    खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ ।

    फाइनल खेलमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् ।

    विश्व फुटबल महासंघ (फिफा) को नियम अनुसार, राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । वाफ च्याम्पियनसिपको फाइनलअघिको खेलमात्र फिफा विन्डोमा रहेको थियो ।

    तर, वाफ च्याम्पियनसिपको फाइनल खेल भने फिफा विन्डोभन्दा बाहिर रहेकाले सावित्रा भण्डारीले खेल नखेल्ने भएकी हुन् ।

    जारी वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

    नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । जारी प्रतियोगितामा नेपालले १५ गोल गरिसकेको छ भने दुई गोल खाएको छ ।

    जारी प्रतियोगितामा जोर्डन पनि बलियो टोलीका रुपमा देखिएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend