काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ ।
नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।
नेदरल्यान्ड्ससँगको आफ्नो पहिलो खेलमा नेपाल पराजित रहेको नेपालल आज जितको योजनामा हुने छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
हिजो नेपालले नामिबियालाई तीन रनले पराजित गर्दै नामिबियामाथि जित निकाल्न सफल भएको हो । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटिएको थियो ।