काठमाडौँ । फागुन २० र २१ गते नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको विकासशिल्ड राष्ट्रिय ह्वीलचियर बाँस्केटबल प्रतियोगिता हुने भएको छ । पोखराको सुन्दर नगरीस्थित दुई वटा स्टेमडिमयमा फागुन २० र २१ गते राष्ट्रिय स्तरको ह्वीलचियर बाँस्केटबल प्रतियोगिता हुन लागेको हो ।
सुन्दर सेवा साथी सेवाका संस्थापक विकास अधिकारीको दोस्रो स्मृति दिवसमा प्रतियोगिताको बारेमा जानकारी दिँदै विकासशील म्यानेजमेण्ट टिमकी प्रतिनिधि विजेता लुईंटेलले खेलमा महिलाबाट प्रथम दोस्रो र तेस्रो तथा पुरुषबाट पहिलो, दोस्रो र तेस्रो गरी ६ वटा टिमलाई उत्कृष्ट घोषित गरी पुरस्कार दिने बताउनुभयो ।
उहाँले प्रथम हुनेलाई ५०, दोस्रोलाई ४० र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ दिइने बताउनु भयो । त्यस्तै मस्ट भ्यालुएबल प्लेयर र बेस्ट स्कोररलाई पनि सम्मान गरिने बताउनुभयो । विजेतालाई मेडल र ट्रफीसहित सम्मान गरिने पनि बताउनु भयो । खेलमा १५ टिमले प्रतिष्पर्धा गर्ने र सातै प्रदेशको सहभागिता रहेको बताउनुभयो ।
महिलाको ६ वटा मात्रै टिम रहेको र मधेस प्रदेशबाट सहभागी नरहेको जानकारी दिनुभयो । पुरुषबाट सात प्रदेशका सात टिम र दुई विभागीय नेपाल आर्मी र नेपाल सशस्त्र प्रहरी गरी १५ वटा टिमले सहभागी रहेको बताउनुभयो । उहाँले शारीरिक अशक्तता भएकाहरुलाई प्रोत्साहनस्वरुप यो कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँले खेलको बजेट अनुमानित ६२ लाखसम्म रहेको बताउनुभयो ।