logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धन विघटनको ‘फ्याक्टर’ अर्थमन्त्री डा. प्रकाशशरण महत

    गठबन्धन विघटनको ‘फ्याक्टर’ अर्थमन्त्री डा. प्रकाशशरण महत

    18.2K
    Shares
    गठबन्धन विघटनको ‘फ्याक्टर’ अर्थमन्त्री डा. प्रकाशशरण महत

    काठमाडौँ । हालको सत्ता गठबन्धन भत्किएको छ । आजै सानो आकारको मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ । हालको सत्ता गठबन्धनमा खटपट देखिनुको फ्याक्टर भने हालका अर्थमन्त्री डा प्रकाशशरण महत देखिएका छन् ।

    प्रचण्ड पछिल्लो समय देशको अर्थतन्त्रमा आएको समस्या र हालका अर्थमन्त्री प्रकाशशरण महतको काम कारबाहीदेखि आजित रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार केहि दिन अगाडि सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै मनोगत ढंगले लक्ष्य निर्धारण गर्दा परिणाम देखिएन भन्दै अर्थमन्त्री महत माथि प्रधानमन्त्रीले गम्भिर आरोप लगाएका थिए ।

    प्रधानमन्त्री दाहालले माघसम्म कुल राजस्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९ दशमलब ९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताए । उनले पुँजीगत खर्च त २४ प्रतिशतभन्दा कम भएको भन्दै पुँजी निर्माण नभई विकासले गति नलिने भन्दै असन्तुष्टी पोखेका स्रोतले बतायो ।

    आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसक्ने अर्थमन्त्रीलाई उनले परिवर्तन गर्ने मनस्थितिमा पुगेर उनी देउवासँग यी प्रस्ताव बोकेर पुगेका भएपनि कांग्रेस सभापति देउवा भने डा.महतलाई परिवर्तन गर्ने पक्षमा थिएनन् । जसका कारण अहिले प्रचण्ड गठबन्धन कै कारण आफुलाई असफल हुने नियतमा रहेको भन्ने निस्कर्षमा पुगेको बुझिएको छ ।

    गठबन्धन फुट्ने र अर्थमन्त्री हट्न सक्ने इसारा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्ति दिएका थिए । उनले अर्थमन्त्रीले देशको अर्थतन्त्र ओरालो लगाएको अरोप लगाउँदै उनले २०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्याउन खोजेको, अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ ? अचम्म लाग्छ ।

    देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, २०४८, २०५० सालमै असफल भइसकेको सिद्धान्तहरु फेरि दोहोर्याउन खोजिएको छ । यो सरकार बन्नु नै नहुने सरकार थियो भन्ने जस्ता आरोप लगाएका थिए ।

    ‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको । यस स्तरको सरकार, यस स्तरको अर्थमन्त्री र अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानुन, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ । न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ ।’ ओलीले भनेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend