logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट शुक्रबार

    सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट शुक्रबार

    1.5K
    Shares
    सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट शुक्रबार

    काठमाडौँ । सर्वोत्तम सिमेन्टले शुक्रबार आइपीओ बाँडफाँट गर्ने भएको छ ।

    बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबार बाँडफाँट गर्ने भनिएपनि कम्पनीको अनुरोधमा १ दिन पर सारिएको हो । अब कम्पनीको आइपीओ बाँडफाँट आगामी शुक्रबार हुने छ ।

    यसको प्री–अलोटमेन्ट आइतबार (फागुन २० गते) सम्पन्न भएको छ । यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

    १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ ।

    सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

    कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

    सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend