logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • लगानीकर्ता नाफा बुकमा लाग्दा सेयर बजारमा ७०.३१ अंकको पहिरो

    लगानीकर्ता नाफा बुकमा लाग्दा सेयर बजारमा ७०.३१ अंकको पहिरो

    1.6K
    Shares
    लगानीकर्ता नाफा बुकमा लाग्दा सेयर बजारमा ७०.३१ अंकको पहिरो

    काठमाडौं । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अंक गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अंकले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो ।

    सोमबार एकैदिन परिसूचक १ सय १७ दशमलव ७० अंक अर्थात् छ प्रतिशत बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।

    आज तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १३ कम्पनीको सेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ ।

    म्युचुअल फन्ड शून्य दशमलव ६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ३५ प्रतिशतले घटेको छ ।

    त्यस्तै, जलविद्युत समूह चार दशमलव ३० र उत्पादन तथा प्रशोधन चार दशमलव २० ले घटेको छ । बैंकिङ तीन दशमलव ०१, विकास बैंक तीन दशमलव ६५, वित्त दुई दशमलव ७५, होटल तथा पर्यटन तीन दशमलव ६९ र लगानी समूह तीन दशमलव ४८ प्रतिशतले घटेको छ ।

    त्यसैगरी, जीवन बीमा समूह तीन दशमलव ४९, लघुवित्त एक दशमलव २७, निर्जीवन बीमा समूह दुई दशमलव ६० र व्यापार समूह दुई दशमलव १५ प्रतिशतले घटेको छ ।

    गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य आज सबैभन्दा धेरै आठ दशमलव ७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नौ दशमलव ९९ र बोटलर्स नेपाल (तराई) को नौ दशमलव ४५ प्रतिशत घटेको छ ।

    कारोबार रकम र कारोबार भएको सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख २२ हजार सात सय ३५ बराबरको आठ लाख ५० हजार चार सय ६४ कित्ता सेयर किनबेच भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend