logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सेयर बजार दोहोरो अंकको वृद्धि

    सेयर बजार दोहोरो अंकको वृद्धि

    1.6K
    Shares
    सेयर बजार दोहोरो अंकको वृद्धि

    काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अंकले उकालो लागेर ३ सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

    कूल ८९ लाख २९ हजार १ सय ५२ कित्ता शेयररुपैँया ३ अर्ब १९ करोड ९२ लाख ५ हजार आठ सय २० मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रुपैँया ५६ करोड २० लाख बराबरको कारोबार भयो । शिवम् सिमेन्टरुपैँया १६ करोड ४१ लाख २२ हजार८ सय ६२, सोनापुर मिनरल्स रुपैँया १३ करोड ४१ लाख ४२ हजार ४ सय ८४, मैलुङ हाइड्रोपावर रुपैँया १३ करोड ३७ लाख ७४ हजार तीन सय ६१ र हाथवे इन्भेस्टमेन्टको रु नौ करोड ७९ लाख ५६ हजार ३ सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । रासस

    नेप्सेका अनुसार पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिर्खवा हाइड्रोपावर आठ दशमलव ९७, मध्य भोटेकोशी जलविद्युत् कम्पनी छ दशमलव शुन्य ८, बुद्धभूमि नेपाल हाइड्रोपावर ५ दशमलव ९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ५ दशमलव ६४ प्रतिशतले कमाएका छन् । कारोबार भएकामध्ये आज १ सय ७६ कम्पनीको शेयर मूल्यमा वबृद्धि भएको छ ।

    त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो छ दशमलव २१, सामलिङ पावर कम्पनी ५ दशमलव शून्य दुई, बोटलर्स नेपाल तराई चार दशमलव ३५, एनएमबी ५० तीन दशमलव ८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले गुमाएका छन्। आज कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ ।

    सोमबार उच्च अंकले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो । मङ्गलबार भने बजार पुनः उच्च अंकले नै ओरालो लागेको थियो । नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधबार पनि बजारले हरियो झण्डा देखाएको थियो । आज पनि नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend