काठमाडौँ । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङविरुद्ध पहिलो बलमै विकेट लिएको छ ।
मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् ।
हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै नेपाल हङकङ पुगेको छ ।
फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।