logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सेयर बजार दोहोरो अंकको वृद्धि

    सेयर बजार दोहोरो अंकको वृद्धि

    1.1K
    Shares
    सेयर बजार दोहोरो अंकको वृद्धि

    काठमाडौँ  । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अकंले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।

    आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता शेयर ५६ हजार सात सय २६ पटक खरिदबिक्री हुँदारुपैँया दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ बराबरको कारोबार भएको छ ।

    जलविद्युत् समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक चार दशमलव २१ र जीवन बीमा समूहको उपसूचक एक दशमलव ८४ प्रतिशतले बढेको छ ।

    बैकिङ समूह शून्य दशमलव ७४, विकास बैंक १ दशमलव ०८, वित्त समूह १ दशमलव ४०, होटल तथा पर्यटन १ दशमलव १२ र लगानी समूह १ दशमलव २६ प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१, म्युचुअल फण्ड १ दशमलव ०१, निर्जीवन बीमा एक दशमलव ३४, व्यापार शून्य दशमलव ६५ र अन्य समूह शून्य दशमलव २८ प्रतिशतले बढेको छ ।

    विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९५ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रुपैँया२२ करोड ९३ लाख २५ हजार ६ सय ४३ बराबरको ४ लाख ३० हजार १ सय ३१ कित्ता शेयर किनबेच भएको छ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend