logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • खैरो हेरोईन कारोबारमा संलग्न एक जना सातदोबाटो बाट पक्राउ

    खैरो हेरोईन कारोबारमा संलग्न एक जना सातदोबाटो बाट पक्राउ

    1.1K
    Shares
    खैरो हेरोईन कारोबारमा संलग्न एक जना सातदोबाटो बाट पक्राउ

    काठमाडौँ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खैरो हेरोईन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    लागु औषध कारोबारमा संलग्न रेहका ललितपुर महानगरपालिका वडा नं- २४ आँखीदह बस्ने वर्ष ३६ का अनिल गिरीलाई पक्राउ गरेको हो ।

    ललितपुर महानगरपालिका वडा नं १० सातदोबाटो क्षेत्रमा लागु औषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोईन जस्तो देखिने (४० ग्राम) साना साना प्लाष्टिकको ८ पोका पारी बिक्री वितरण गरी रहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

    गिरीलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend