logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाहालाई विश्वासको मत दिने

    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाहालाई विश्वासको मत दिने

    936
    Shares
    राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री दाहालाई विश्वासको मत दिने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।मंगलवार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

    बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए। उनले संसदीय दलबाट सर्वसम्मतिले सत्ता साझेदारीलाई अनुमोदन गर्ने निर्णय भएको बताए ।

    उनले सरकारलाई सबै सांसदहरुले विश्वासको मत दिने र त्यसका लागि प्रमुख सचेतकले ह्वीप जारी गरेको बताए । उनले जिम्मेवारी बाँडफाँट, संवैधाननिक आयोगका बारेमा प्रमुख सचेतक र सचेतकले बुझेर आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदारी भइरहँदा देश र जनताका हितमा खेल्ने भुमिकाका सन्दर्भमा अध्ययन गरेर अघि बढ्ने निर्णय भएको बताए । प्रधानमन्त्री दाहालले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend