logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • वरिष्ठ डेपुटी सिईओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    वरिष्ठ डेपुटी सिईओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    1.9K
    Shares
    वरिष्ठ डेपुटी सिईओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ । कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेन्चुरी बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

    पक्राउ परेकाहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न थप पाँच दिन प्रहरीलाई अनुमति दिइएको उच्च अदालत पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    गएको माघ १५ गते न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरिएको थियो ।
    सेन्चुरी बैंकमा रहँदा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रपैयाँ बराबरको कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोप उनीहरुलाई लागेको छ ।

    प्रहरीले धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको बताउँदै आएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend