logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला पक्राउ

    वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला पक्राउ

    2.2K
    Shares
    वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला पक्राउ

    काठमाडौँ । राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला मंगलबार पक्राउ परेका छन् ।

    धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई पक्राउ गरेको हो ।

    उनले सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै उनको साथबाट श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसमेत बरामद भएको छ ।

    उनीउपर थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend