logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • पुल्चोकको लालीगुराँस सहकारी संस्था समस्याग्रस्त घोषणा, बचतकर्ताको ६ अर्ब जोखिममा

    पुल्चोकको लालीगुराँस सहकारी संस्था समस्याग्रस्त घोषणा, बचतकर्ताको ६ अर्ब जोखिममा

    1K
    Shares
    पुल्चोकको लालीगुराँस सहकारी संस्था समस्याग्रस्त घोषणा, बचतकर्ताको ६ अर्ब जोखिममा

    काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

    सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२ बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जारी गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    समस्यग्रस्त घोषणा गरिएको यस सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

    सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि किन समस्याग्रस्त घोषणा नगर्ने भनेर १५ माघमा स्पष्टीकरण सोधेको थियो ।।सहकारीले चित्तबुझ्दो जवाफ नदिएपछि विभागले समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको थियो ।

    २०८० कात्तिक मसान्तसम्म संस्थाको सेयर पूँजी ५७ करोड ५३ लाख ५७ हजार छ । यस्तै निक्षेप दायित्व ५ अर्ब ९१ करोड ३७ लाख ७१ हजार रूपैयाँ छ ।

    संस्थाको कुल कारोबार ८ अर्ब ७७ करोड ३ लाख १९ हजार रहेको उसले सहकारी विभागमा बुझाएको विवरणमा उल्लेख छ । सहकारीले ३ अर्ब ४२ करोड ३४ लाख ६९ हजार मात्रै सदस्यहरूलाई लगानी गरेको देखिन्छ ।

    ४० करोड रुपैयाँ सहकारी संघ र बैंकको सेयरमा लगानी गरेको जनाएको छ । ५० करोड ४६ लाख रुपैयाँको जग्गा तथा भवन, ११ करोड १६ लाखको परियोजना तथा व्यवसायमा लगानी रहेको जनाएको छ । यसबाहेक १ अर्ब २७ करोड २० लाख २७ हजार संस्थागत लगानी भएको उल्लेख गरेको छ ।

    सहकारीमा धेरै किसिमका कमजोरी पाइएको र बचत फिर्ता गर्ने स्पष्ट खाकासमेत पेस नगरेपछि सहकारीलाई समस्याग्रस्त घोषणाको तयारी गरिएको थियो ।

    सहकारीमा बचतकर्ताको उजुरी बढ्दै गएपछि विभागले दीपकराज पोखरेलको संयोजकत्वमा स्वतन्त्र अनुगमन गरेको थियो । अनुगमन टोलीले असोजमा प्रतिवेदन पेस गर्दै संस्थामा सेयर सदस्यलाई हानि पुग्ने विभिन्न गतिविधि भइरहेका कैफियत फेला पारेको उल्लेख गरेको थियो ।

    बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम दुरुपयोग गरी लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत तथा सचिव सुरेन्द्र भण्डारीलगायत सञ्चालकले निजी व्यवसाय सञ्चालन गरिरहेको दावी गरिएको छ ।

    उनीहरुले बचतकर्ताको बचत दुरुपयोग गरी लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुन्ड हाइड्रोपावर प्रालि, श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, श्री लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, श्री लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ लिमिटेडलगायत सञ्चालन गरेका छन् । सिन्धुपाल्चाको नेपाल र चीन सीमा रहेको भैरवकुन्ड हाइड्रोपावर अहिले बन्द भइसकेको छ ।

    लालीगुराँस हस्पिटल, लालीगुराँश एजुकेसन फाउन्डेसन प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुण्ड हाइड्रोपावर लिमिटेड र वेब प्रोडक्सन प्रालिमा सेयर लगानी रहेको उल्लेख गरेको छ ।

    सरकारले ओरेन्टल कोअपरेटिभ लिमिटेड, सिभिल सहकारी, शिव श्री सहारी, कान्तिुर सहकारीलगायत डेड दर्जन सहकारीलाई समस्याग्रस्त घोाणा गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend