logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • सहकारीबाट लिएको ऋण तिर्न ललितपुर महानगरपालिकाको ताकेता, नतिरे कारबाही गर्ने चेतावनी

    सहकारीबाट लिएको ऋण तिर्न ललितपुर महानगरपालिकाको ताकेता, नतिरे कारबाही गर्ने चेतावनी

    3.8K
    Shares
    सहकारीबाट लिएको ऋण तिर्न ललितपुर महानगरपालिकाको ताकेता, नतिरे कारबाही गर्ने चेतावनी

    काठमाडौँ । पछिल्लो समय ठूला सहकारी संस्थाहरु धमाधम समस्याग्रस्त बन्दै गएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले डेढ दर्जन बढी ठूला सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

    मन्त्रालयले मंगलबार मात्रै ललितपुरको पुल्चोकमा रहेको लालीगुराँश बहुद्धेश्य सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । प्रवाह भएको कर्जा असूली नभएपछि सहकारी धमाधम समस्याग्रस्त बन्दै गएका छन् ।

    यता ललितपुर महानगरपालिकाले सहकारीबाट कर्जा लिएका ऋणीहरूलाई समयमा कर्जा तिर्न ताकेता गरेको छ ।

    बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले ऋण लिएका ऋणीहरूले समयमा नै भुक्तानी नगर्दा सहकारी समस्यामा परेको गुनासो आएको जानकारी गराउँदै ऋणीहरूलाई कर्जा तिर्न भनेको हो ।

    महानगरपालिकाले ऋणीहरूले समयमानै कर्जा नतिरे कारबाही गर्ने चेतावनी समेत दिएको छ । पछिल्लो समय सहकारीहरूले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्याग्रस्त भइ सञ्चालक नै फरार रहेको अवस्थामा महानगरले पनि आफनो क्षेत्रधिकारभित्र रहेका सहकारीका सम्बन्धमा चाँसो देखाउँदै सूचना सार्वजनिक गरेको हो ।

    ऋणीले कर्जा नतिरे महानगरपालिकाले सहकारी ऐन २०७५ को दफा ६२ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउने बताएको छ ।

    महानगरपालिकाले प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सो सोहि बमोजिम कर्जाको साँवा र ब्याज सम्वन्धित सहकारी संथमा समयमा नै भुक्तानी गरी सहकारीमा देखिएको समस्या समाधानका लागि सहयोग गर्न सबै ऋणी सदस्यहरुमा अनुरोध समेत गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend