logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले टस जित्यो

    पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले टस जित्यो

    728
    Shares
    पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले टस जित्यो
    काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय २०–२० शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले टस जितेको छ ।
    हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । योसँगै पपुवा न्यूगिनीले पहिला ब्याटिङ गर्नेछ ।
    नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि भएको नेपाल र हङकङबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो ।
    हिजै भएको अर्को खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दिप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, आकाश चन्द, लोकेश बम, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल छन् ।रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend