logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाबुको हत्या गर्ने छोरा र बुहारी पक्राउ

    बाबुको हत्या गर्ने छोरा र बुहारी पक्राउ

    2.2K
    Shares
    बाबुको हत्या गर्ने छोरा र बुहारी पक्राउ

    काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ परेका छन् ।

    ५५ वर्षका भरतबहादुरको गएको बिहीवार मध्यरातमा हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षका छोरा र ३७ वर्षकी बुहारीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । ती युवकले दुई वर्षअघि विवाह गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend