logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीद्धारा ५८ लाख भन्दा बढीको औषधीसहित ट्रक नियन्त्रणमा

    सशस्त्र प्रहरीद्धारा ५८ लाख भन्दा बढीको औषधीसहित ट्रक नियन्त्रणमा

    1.7K
    Shares
    सशस्त्र प्रहरीद्धारा ५८ लाख भन्दा बढीको औषधीसहित ट्रक नियन्त्रणमा

    काठमाडौँ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १७ स्थित आईसिपीको चेकप्वाईन्टबाट बुधबार साँझ सशस्त्र प्रहरीले करीव ५८ लाख ५७ हजार रुपैयाँ बराबरको औषधीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

    वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको औषधीको विलमा उल्लेख भए भन्दा फरक अन्य सामान समेत रहेको भन्ने बिषेश सुचनाको आधारमा प्रस्तावित सीमा सुुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सह प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    उनका अनुसार औषधी र सामान कहाँको लागि लगिएको भन्ने खुलेको छैन । नियन्त्रणमा लिईएको औषधी तथा ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend