logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर ८ प्रतिशत

    नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर ८ प्रतिशत

    1.1K
    Shares
    नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर ८ प्रतिशत

    काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ । नबिलको बिहीबार बिहान बसेको सञ्चालक समितिको ६५३ औं बैठकले ८ वर्ष अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार व्यक्तिगत रुपमा सेयर जारी गर्ने निर्णय गरेको हो।

    नियामक नेपाल राष्ट्र बैकबाट स्वीकृति पाएपछि निष्कासन गर्ने नबिलले जनाएको छ । यस्तै अग्राधिकार सेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले ५ करोड इकाइ हुने बैंकले जनाएको छ । यसको लाभांश दर ८ प्रतिशत कायम गरेको छ । नाफा भएको वर्षमात्र लाभांश दिने बैंकले जनाएको छ । यस्तै सेयर रकम फिर्ता नहुने भएको छ ।

    अग्राधिकार सेयरलाई नबिल बैंकले ८ प्रतिशत नबिल डिबेञ्चर २०७९ नाम दिएको छ । बैंकले पुँजीकोष बलियो बनाउन अग्राधिकार सेयर जारी गर्न लागेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend