logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु

    धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु

    1.2K
    Shares
    धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु

    काठमाडौ । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर) मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ।

    सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका १० बैंकरको सम्बन्धमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान थालिएको जानकारी दिए ।

    तत्कालिन सेञ्चुरी कमर्सियल बैंकले मिलेमतोमा धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा परेको उजुरीमाथि अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहितका १० बैंकर हाजिरी जमानीमा छुटिसकेका छन् ।

    प्रहरी उपरीक्षक बोगटीले भने, “व्यवहारिक रुपमा कानुनले दिएको अधिकार प्रयोग गरेर अहिले उहाँहरुलाई दैनिक हाजिरी जमानीमा छाडेका छौँ, आजदेखि विहान १० बजे आउनुहुन्छ र साँझ ५ बजे जानुहुन्छ, तर अनुसन्धान टुङ्गिएको पनि होइन ।

    अनुसन्धान लामो हुने भएकाले थुना बाहिर राखेर अनुसन्धान गर्ने अधिकार अनुसन्धान अधिकारीलाई छ, सोहीअनुसार गरिएको हो ।”

    गत फागुन १५ गते पक्राउ गरेका बैंकरलाई ब्यूरोले १७ दिन हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान गरेको थियो । गत फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न ब्यूरोले अदालतबाट अनुमति पाएको थियो ।

    देउराली बहुउद्धेशिय सहकारी संस्था लिमिटेडकाका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सिइओ न्यौपाने, त्यसअघिका सिइओ गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएको आरोप छ ।बचतकर्ताको ७ अर्ब रुपैयाँ हिनामिना गरेका देउरालीका अध्यक्ष चौलागाईं अहिले प्रहरी हिरासतमा छन्।

    देउराली सहकारीका अध्यक्ष चौलागाईंले बचतकर्ताको बचत दुरुपयोग मात्र गरेका छैनन्, कमजोर धितोमा ४ अर्ब रुपैयाँ ऋण लिएर पाँचवटा बैंकलाई जोखिममा पारेका छन्। उनले विभिन्न १० वटा कम्पनीमा बैंकहरूबाट कुल ४ अर्ब रुपैयाँ ऋण लिएको देखिएको अनुसन्धानबाट खुलेको छ। प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरीबाट मात्रै उनले २ अर्ब ५ करोड रुपैयाँ ऋण लिएको देखिएको छ ।

    सेन्चुरीमा ऋण अपचलन गरेपछि अहिले प्रभु बैंकको निष्क्रिय कर्जा अनुपात ४.९९ प्रतिशत छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend