logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालीले भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने, राष्ट्र बैंकले खोल्यो बाटो

    नेपालीले भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने, राष्ट्र बैंकले खोल्यो बाटो

    1.1K
    Shares
    नेपालीले भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने, राष्ट्र बैंकले खोल्यो बाटो

    काठमाडौं। नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमा खाता हुने व्यक्तिले भारतमा क्युआरबाट भुक्तानी गर्न पाउने व्यवस्था गरेका हो ।

    वाणिज्य बैंक र विकास बैंकमा आबद्ध विद्युतीय भुक्तानी (ई–बैंकिङ) अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ क्विक रिस्पन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन १५ हजार भारु र मासिक १ लाख भारु जम्मा हुनेगरी पारिश्रमिक वापतको सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यस्तो सटही सुविधा सीमासमेत लागू हुने गरी बैंक तथा वित्तीय संस्थाले मिलाउनु पर्ने भएको छ ।

    यसैगरी भारतबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रयोजनका लागि राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले व्यवस्था गरेको इन्डो–नेपाल रेमिट्यान्स फेसलिटी स्किम अतिरित्त नेपालीले भारतको बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खातामा आबद्ध, विद्युतीय बैंकिङ, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ, क्विक रिस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकमा खोलेको व्यक्तिगत खातामा प्राप्त हुने रेमिट्यान्स पर्सनल पेमेन्टमार्फत भित्र्याउने सकिने केन्द्रीय बैंकले जनाएको छ ।

    नेपाली व्यवसायीले वस्तु तथा सेवा बिक्री गरेवापत परिवत्र्य विदेशी मुद्रा नेपालका वाणिज्य बैंक तथा विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी मर्चेन्ट पेमेन्ट विकासमा जारी भएको क्विक रेस्पोन्स कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार सकिने व्यवस्था गरिएको छ ।

    यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरु र सोको निराकरण उपायहरु सम्बन्धित बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफूले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend