logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ६१ किलो सुन तस्करीमा मुछिएका दिपेश पुनले गरे सुप्रिम सहकारीको ७८ करोड हिनामिना

    ६१ किलो सुन तस्करीमा मुछिएका दिपेश पुनले गरे सुप्रिम सहकारीको ७८ करोड हिनामिना

    3K
    Shares
    ६१ किलो सुन तस्करीमा मुछिएका दिपेश पुनले गरे सुप्रिम सहकारीको ७८ करोड हिनामिना

    काठमाडौं । ६१ किलो सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशले बुटबलको एक सहकारीमा साढे ७८ करोड रुपैयाँ हिनामिना गरेका छन् ।

    जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दिपेश जोडिएका छन् ।

    सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशले उन्मुक्ति पाउँदै आएका थिए । दिपेशलाई प्रहरीले पक्राउ गरिसकेका छन भने जेबी राई फरार छन् ।

    पछिल्लोपटक दिपेशका दाजु जितेन्द्र र तत्कालीन उपराष्ट्रपति समेत रहेका बाबु नन्दबहादुरको वैदेशिक मामिलाविज्ञ जीवनकुमार गुरुङ समेतका व्यक्ति तस्करीमै संलग्न रहेका प्रमाणहरू बाहिरिएपछि उनीमाथि अनुसन्धानको दायरा ल्याउनुपर्ने दबाब बढेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend