logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली नोट बनाउन प्रयोग गर्ने फोटोकपी मेसिनसहित एक जना पक्राउ

    नक्कली नोट बनाउन प्रयोग गर्ने फोटोकपी मेसिनसहित एक जना पक्राउ

    1.3K
    Shares
    नक्कली नोट बनाउन प्रयोग गर्ने फोटोकपी मेसिनसहित एक जना पक्राउ

    काठमाडौँ । नक्कली नोट बनाउन प्रयोग भइरहेको फोटोकपी मेसिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा काभ्रे जिल्लाको बनेपाबाट प्रहरीले नक्कली नोट बनाउन प्रयोग गर्ने फोटोकपी मेसिनसहित बनेपाबाट एक जनालाई पक्राउ गरेको जनाएको हो ।

    प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ स्थित एचएम मोबाइल केयर सेन्टरमा खानतलासी गर्दा विभिन्न सामानसहित बरामद गरी उक्त पसल सञ्चालक काभ्रेको बेथानचोक गाउँपालिका– ३ बस्ने वर्ष २५ का सविन हुमागाईलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर कार्यालय ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका हुमागाईँको साथबाट एक थान कलर प्रिन्टर, एक थान डेल कम्पनीको ल्यापटप, एक थान आइफोन, हजार–हजार दरका ६९ थान नक्कली नोटलगायत विभिन्न सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend