logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • क्यान्सर पहिचान गर्न वडामै ‘स्क्रिनिङ’

    क्यान्सर पहिचान गर्न वडामै ‘स्क्रिनिङ’

    1.3K
    Shares
    क्यान्सर पहिचान गर्न वडामै ‘स्क्रिनिङ’

    पर्वत। पछिल्लो समय नेपालमा क्यान्सर लागेका महिलाहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ । ग्रामीण क्षेत्रमाका विपन्न र अशिक्षित परिवारका महिलामा यो रोगबाट बढी पीडित भएका चिकित्सकहरूले बताएका छन् ।

    क्यान्सरपीडित महिलाको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्न थालेकोछ । नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थामा क्यान्सरको पहिचान गर्न फरक–फरक मितिमा अस्थायी ‘स्क्रिनिङ’ शिविरको आयोजना गरी लक्षण देखिएका महिलाहरूको पहिचान गर्ने भएको हो ।

    नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रुद्र शर्मा सापकोटाका अनुसार पाठेघरको मुख र स्तनमा भएको वा हुन लागेको क्यान्सरका बारेमा समयमा नै थाहा नपाउँदा सङ्क्रमणले च्याप्दै लगेका उदाहरण धेरै देखिएका छन् । जसले गर्दा सङ्क्रमण गहिरिसकेको हुने तथा त्यसको उपचार गर्न धेरै खर्च लाग्ने अवस्था आउने भएकाले समयमै यसको पहिचानका लागि ‘स्क्रिनिङ’ शिविर गर्न लागिएको सापकोटाले बताए ।

    महिलामा पाठेघरको मुख र स्तनको क्यान्सरको सङ्क्रमण बढिरहेको अवस्थामा फलेवासका महिलाहरूमा पनि यसको जोखिम रहेको भन्दै नगरपालिकाको आन्तरिक बजेटबाट कार्यक्रम गर्न लागिएको हो । “परीक्षण गर्दा सङ्क्रमण वा जोखिम रहेको पाइएमा समयमै उपचारका प्रक्रिया सुरु हुने र कम खर्च र समयमै निको हुने भएकाले यो शिविर प्रभावकारी हुने उनले बताए । शिविरमा आङ खस्ने समस्याको उपचार निःशुल्क गरिने भएको छ ।

    शिविरमा गरिने परीक्षणबाट महिलामा आगामी १० वर्षभित्रमा क्यान्सरको जोखिम रहेको भए त्यो पनि थाहा हुने भएकाले यो परीक्षण अभियान महिलाका लागि महत्त्वपूर्ण रहेको स्वास्थ्य अधिकृत सापकोटाले बताए । अहिले गर्ने परीक्षणले महिलामा क्यान्सरको सङ्क्रमणको पूरै यकिन नगर्ने भए पनि सम्भावना र शकंका बारेमा स्पष्ट हुने उनको भनाइ छ ।

    क्यान्सरको शकं लागेका बिरामीलाई थप परीक्षण गर्नुपर्ने अवस्थामा शिविरवाटै रेफर गरेर पठाइने फलेवासका नगरप्रमुख गङ्गाधर तिवारीले बताए । तिवारीले घरको अर्थावस्थाका कारण उपचारका लागि अस्पतालसम्म जान नसक्ने महिलालाई नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ ।

    शिविर संचालनका लागि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनबाट चिकित्सक बोलाएर स्थानीय स्वास्थयकर्मीलाई प्रशिक्षण दिएको थियो । प्रत्येक स्वास्थ्य संस्थाबाट दुई–दुईजनाका दरले सहभागी ‘नर्सिङ स्टाफ’लाई तालिम दिएर जनशक्ति तयार पारिएको पालिकाले जनाएको छ ।

    हरेक वडामा बिहान १० देखि साँझ ५ बजेसम्म शिविर चल्ने भएको छ । शिविर आजदेखि सुरु गरेर चैत २६ गतेसम्ममा पूरा गर्ने लक्ष्य नगरपालिकाको छ । सरकारको अध्ययनअनुसार नेपालमा प्रत्येक वर्ष करिब २० हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend