logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुष्मा लामाको हत्यामा संलग्न आरोपी सार्वजनिक

    सुष्मा लामाको हत्यामा संलग्न आरोपी सार्वजनिक

    1.7K
    Shares
    सुष्मा लामाको हत्यामा संलग्न आरोपी सार्वजनिक

    काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्यामा संलग्न रहेको अभियोगमा गोकर्णेश्वर–३ बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । कक्षा १२ मा अध्ययनरत सुष्मालाई हत्या गरेर गाडेको अवस्थामा गत फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन गरेको र शव फेला परेको सम्बन्धमा उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको थियो ।

    अभियुक्तको पहिचान तथा खोजतलास गरी नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुष्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    सुष्मा बूढानीलकण्ठस्थित बूढानीलकण्ठ माविमा अध्यनरत रहेकी र सुष्मालाई पछाडिको भागबाट घाँटीमा अँठ्याएपछि पनि रुपेन्द्रले प्रेम प्रस्ताव गरेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक डिएसपी अनिल घिमिरेले बताउनुभयो ।

    उहाँका अनुसार सुष्माले प्रयोग गर्ने मोबाइल नंबाट निजकी दिदी नाता पर्ने बिन्दा तामाङले प्रयोग गर्ने नम्बरमा विभिन्न म्यासेज गरेको खुलेको छ । गोकर्णेश्वर–३ स्थित जङ्गलमा (मृतकको घरबाट करिब एक किमी टाढा, स्कुल जाने बाटोबाट करिब १० मिटर तल) दुई हात मात्र देखिएको शरीरको अन्य भाग पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

    यसैगरी, रुपेन्द्रले मृतक सुष्मा लामालाई विगत आठ महिनादेखि मन पराउँदै आएको र निजहरु दुवैजना घाँस काट्न, बाख्रा चराउन जंगलमा विगत १÷२ वर्षदेखिसँगै जाने आउने गरेको तथा निजहरुबीच फोन सम्पर्क एवं कुनै पनि सामाजिक सञ्जालमा कुराकानी नहुने गरेको र भेटका बेला मात्र कुराकानी हुने गरेको खुलेको छ ।

    रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक पटक प्रेम प्रस्ताव राखेको तर सुष्माले अस्वीकार गरेको तथा निजले मृतकलाई आठ दिनसम्म बाटोमा ढुकेर बसेको भन्ने बुझिन आएको प्रहरीले जनाएको छ ।

    सुष्माको बाटो छेकी प्रेम प्रस्ताव राखेकामा उनले इन्कार गरेकाले पछाडिबाट घाँटी थिची अचेत बनाई टाई र जुत्ताको तुनाले घाँटीमा कसेको तथा हातलाई निजकै कम्मर पेटीले बाँधी कुटोले खाल्डो खनी पुरेको प्रहरीले जनाएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend