logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

    पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

    1.5K
    Shares
    पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

    काठमाडौँ । सुन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

    जिल्ला अदालत रुपन्देहीबाट पुनलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देही प्रहरीले जनाएको छ ।गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो ।

    तत्कालीन समयमा उनी उपाध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो । उक्त सहकारीले बचतकर्ताको रु ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।

    गएको साउन २ गते बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend