logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • घट्यो सुन ,चाँदीको मूल्य

    घट्यो सुन ,चाँदीको मूल्य

    665
    Shares
    घट्यो सुन ,चाँदीको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रुपैँया ५ सयले घटेको छ ।

    आइतबार प्रतितोला रुपैँया १ लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रुपैँया  १  लाख २४ हजार ५ सय कायम भएको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य आइतबार रुपैँया १ लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रुपैँया ५ सयले घटेर रुपैँया  १ लाख २३ हजार ९ सय कायम भएको छ ।

    यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला रु एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु एक हजार तीन सय तीन निर्धारण भएको छ ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend