logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता

    1.3K
    Shares
    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता

    काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराए । मंगलवार संसद भवनमा नेकपा (एकीकृत समाजवादी) का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराराएका हुन ।

    यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी) बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी थिए । जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो । रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दर्ता गराएका हुन ।

    दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे । उनले बाँकी दिनमा शिक्षामा रहेका जटिलताहरुलाई समाधान गर्नेगरी अघि बढ्ने बताए । उनँले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिवद्धता जनाए । उनले शिक्षामा प्रतिष्पर्धा कसरी गराउन सकिन्छ ? भन्नेबारेमा आफूले कम गर्ने बताए । उनले शिक्षालाई पहिलो रोजाईको बनाउने गरी काम गर्ने बताए ।

    उनले भने ‘सर्वसम्मत होस् भन्ने चाहना छ । सबै साथीहरुले मलाई रुचाउनुहुन्छ भन्ने लाग्छ । बाँकी दिनमा शिक्षामा जुन जटिलता छ, त्यो जटिलतालाई कसरी पन्छाएर सहजता बनाउने भन्नेमा गम्भीर रुपले लाग्नेछु । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा मिनि संसदको सिहसावले गतिका साथ अघि बढाउनेछु ।

    देशमा शिक्षाका लागि गुणस्तर ढंगले अघि बढाउने पक्षमा छु । शिक्षामा प्रतिष्पर्धा कसरी गराउन सकिन्छ ? यो कानून कसरी ल्याउन सकिन्छ भन्नेमा म छु । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।थापाको प्रश्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहनुभएको छ । समिति सभापतिको निर्वाचन चैत्र ७ गते हुँदैछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend