logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • क्यान्सरको औषधी उत्पादक एस्ट्राजेनेकाले बायोफर्मा कम्पनीलाई २ अर्ब ४० करोड डलरमा किन्ने

    क्यान्सरको औषधी उत्पादक एस्ट्राजेनेकाले बायोफर्मा कम्पनीलाई २ अर्ब ४० करोड डलरमा किन्ने

    679
    Shares
    क्यान्सरको औषधी उत्पादक एस्ट्राजेनेकाले बायोफर्मा कम्पनीलाई २ अर्ब ४० करोड डलरमा किन्ने

    लन्डन, एएफपी । क्यान्सर उपचार सेवाका लागि एस्ट्राजेनेका समूहले कम्पनीको महत्त्वपूर्ण बिस्तारस्वरूप अमेरिकी बायोफर्मा कम्पनी फ्युजनलाई २ अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ ।

    एङ्लो–स्वीडिस औषधि कम्पनी एस्ट्राजेनेकाको बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई थप लक्षित उपचारको साथ प्रतिस्थापन गरेर क्यान्सरको उपचार र बिरामीहरूको लागि परिणामहरू रूपान्तरण गर्ने महत्वाकाङ्क्षालाई पूरा गर्ने उद्देश्यसहित यो बिस्तार सुरू गरेको हो ।

    “फ्युजनको स्वामित्व खरिद गर्ने सम्झौता एस्ट्राजेनेकाको लागि एक प्रमुख कदम हो र यो बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई प्रतिस्थापन गर्दै क्यान्सरको उपचार र बिरामीहरूको सेवालाई सहज बनाउने महत्वाकाङ्क्षालाई पूरा गर्नेछ,” कम्पनीद्वारा जारी एक विज्ञप्तिमा भनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend