logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • हङकङमा मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता हुने

    हङकङमा मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता हुने

    924
    Shares
    हङकङमा मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता हुने

    एजेन्सी । हङकङमा लिओनल मेस्सीको खेल हेर्न टिकट काटेका समर्थकको ५० प्रतिशत रकम फिर्ता गरिने भएको छ । गएको फेब्रुअरी ४ मा इन्टर मियामी टुर अन्तर्गत हङकङ–११ सँग खेल्न अर्जेन्टिनी खेलाडी मेस्सी हङकङ पुगेका थिए ।

    हङकङ–११ टोलीसँग मेस्सीको मियामीले खेल्ने भएपछि समर्थकले एक सय १० अमेरिकी डलर तिरेर टिकट काटेका थिए । विश्व फुटबलका स्टार मेस्सी आउने भएपछि खेल हेर्न ४० हजार टिकट बिक्रीमा राखिएको थियो । टिकट एक घण्टामै बिक्री भएको थियो ।

    मेस्सीले खेलमा भाग नलिएमा कुनै रकम फिर्ता हुने छैन भनी टिकट खरिद गर्दा उल्लेख पनि गरिएको थियो । तर, मेस्सी यो खेलमा चोटका कारण नखेलेपछि समर्थकले असन्तुष्टी र विरोध जनाएका थिए । आयोजक ट्याटलर एशियाले खेलका लागि आधिकारिक च्यानलमार्फत् टिकट खरिद गर्नेलाई सर्शत ५० प्रतिशत रकम फिर्ता गर्ने जनाएको छ ।

    रकम फिर्ता लिनेहरूले कुनै पनि अदालत, न्यायाधिकरण या नियामक प्राधिकरणमा उजुरी गर्न नपाउने आयोजकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend